बेलायतका राजा किङ्ग्स चार्ल्स क्यान्सरका कारण पीडित भएका छन् । बकिङ्घम प्यालेसका अनुसार राजा चार्ल्सको प्रोस्टेट बढेपछि उपचार गराइरहेको समय उनलाई क्यान्सर भएको पत्ता लागेको हो । तर, यो कुन क्यान्सर हो भन्ने यकिन भइसकेको छैन् ।
बीबीसीका अनुसार बकिङ्घम प्यालेसले राजा चार्ल्सलाई क्यान्सर भएको पुष्टि हुनासाथ सोमवारबाट उनको उपचार पनि सुरु गरिएको बताएको छ । ७५ वर्षीय राजा चार्ल्स उपचार अवधिभर कुनै पनि सार्वजनिक काममा सहभागी नहुने पनि बताइएको छ ।
उनको क्यान्सर कुन चरणको हो भन्नेबारे पनि जानकारी दिइएको छैन । राजा चार्ल्सले आफ्नो रोगको बारेमा आफ्ना दुबै छोरा प्रिन्स ह्यारी र प्रिन्स विलियमलाई जानकारी गराएका थिए ।