अझै छापिएनन् लाइसेन्स

झन्डै एक महिनाअघि जर्मनीबाट आएका ६ लाख लाइसेन्स कार्ड (चालक अनुमतिपत्र) अझै छापिएका छैनन् । कार्ड छाप्न प्राविधिक समस्या उत्पन्न भएको यातायात व्यवस्था विभाग स्रोतको भनाइ छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले दुई/तीन दिनभित्रै जर्मनबाट आएका लाइसेन्स कार्ड छापिने दाबी गरे । उनका अनुसार अहिले कार्ड छाप्ने प्राविधिक काम भइरहेको छ ।

गत पुस २६ गते जर्मनीको मुलबार कम्पनीले पहिलो चरणमा ६ लाख कार्ड काठमाडौं पठाएको थियो । कार्ड आउनेबित्तिकै माघको पहिलो साताबाटै कार्ड छाप्न सुरु गर्ने विभागको तयारी थियो । तर त्यसमा प्राविधिक समस्या आएको छ । विभागका एक प्राविधिक कर्मचारीका अनुसार अझै पनि जर्मनीबाट आएको कार्ड र नेपालको कार्ड छपाउने मेसिनको ‘साँचो’ मिलेको छैन । साँचो मिलाउने काम भइरहेको ती कर्मचारीले बताए । साँचो नमिले जर्मनीबाट आएका ६ लाख लाइसेन्स कार्ड खेर जाने अवस्था छ । तर महानिर्देशक रिजालले भने जर्मनीबाट आएका कार्ड खेर नजाने दाबी गरे । ‘कार्ड खेर जाँदैनन्, एउटा नभए अर्को मेसिन छ ।

Exit mobile version