सुनको मूल्य १ लाख १८ हजार ६ सय पुग्यो

सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।  चाँदीको भाउ भने आज घटबढ भएको छैन । आज चाँदीको भाउ तोलाको १३ सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

Exit mobile version