सीमापारी पोशाक खरिद रोक्न पहल

आगामी शैक्षिक सत्रको सुरुवात अघि नै नेपालगन्ज उद्योग वाणिज्य संघले विद्यालयका छात्र, छात्रालाई आवश्यक डे«स स्वदेशमै उपलब्धताको सुनिश्चितता गर्न सरोकारवालासँग छलफल अघि बढाएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघले संस्थागत विद्यालयका विद्यार्थीहरूलाई प्रत्येक बर्ष विद्यालय पोशाक खरिदका लागि सीमावर्ती बजार भारतको रूपैडिहा पठाइने गरेको सन्दर्भमा यसबर्ष सीमावारी रोक्ने प्रयास सुरु गरेको हो । त्यसका लागि संघले बुधबार बाँकेमा रहेका गार्मेन्ट व्यवसायीहरूसँग छलफल गरेको हो ।


‘स्वेदशमै खरिद गरी यहाँको अर्थतन्त्र बलियो बनाउनका लागि पहल थालिएको हो’, संघका महासचिव भीम बहादुर रानाभाटले भने, ‘स्वदेशकै व्यवसायीबाट उपलब्ध हुन सक्ने मालसामानका लागि सीमावर्ती बजार पुग्न निरुत्साहित गर्न आवश्यक छ ।’ उनले भन्सार कडाई नहुँदा भारतीय बजार सहजै पुग्ने र बिना भन्सार मालसामान भित्रिन पाउँदा नेपाल तर्फको व्यवसाय धराशयी भएको बताए ।


विगतमा नेपालमा डे«स महंगो पर्ने, विद्यालयले छनोट गरेको डे«स, ब्याच, बेल्ट उपलब्ध नहुने गरी विद्यालयले त्यसखालको चलखेल गर्ने तथा विद्यालयले कमिशनका लागि सेटिङ्ग गरेर अभिभावकलाई डे«स लगायतका सामाग्री खरिद गर्न रूपैडिया पुग्न बाध्य बनाइने गरेको पाइन्छ । विगतका बर्षहरूमा पनि व्यवसायीहरू बीच यस विषयमा पटकपटक छलफल, अन्तरक्रिया हुने गरेको थियो । तर, त्यसले अभिभावक सीमापारी जानुपर्ने बाध्यता अझै हटेको छैन ।


बिहीबार नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीको अध्यक्षतामा भएको गार्मेन्ट उद्योग सञ्चालकहरूको बैठकमा उनीहरूले पर्याप्त अर्डर पाएर बिक्री सुनिश्चित भएमा सीमापारीकै दररेटमा आफुहरूले आवश्यक डे«स उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । यद्यपि, भन्सार छलेर गरिने खरिददारीसँग प्रतिस्पर्धा गर्न चुनौति रहेको उनीहरूले बताएका थिए ।


गार्मेन्ट उद्योग संघ बाँकेका अध्यक्ष चन्द्र श्रेष्ठ लगायत पदाधिकारी तथा व्यवसायीहरू बीचको बैठकमा संघले आगामी शैक्षिक सत्रमा विद्यार्थीहरू सीमापारी जाने अवस्था अन्त्य गर्न थप पहल आवश्यकता औंल्याइएको संघका महासचिव रानाभाटले बताए । ‘त्यसका लागि अभिभावक, स्थानीय तह, संस्थागत विद्यालय र सम्बद्ध संघ, संस्थासँग छलफल अगाडि बढाउने सोंच बनाएका छौं’, उनले भने ।


कार्यक्रममा सहभागी गार्मेन्ट उद्योगीहरूले व्यवसाय बिस्तारमा देखिएका कठिनाई, बजारीकरणको समस्या छलफलमा राखेका थिए । संघ अध्यक्ष धामीले स्वदेशी उद्योग, व्यवसाय प्रवद्र्धनका लागि संघ प्रतिबद्ध रहेको र त्यसका लागि आवश्यक पहल संघले गरिरहेको तथा निरन्तरता दिने बताएका थिए ।

Exit mobile version