भेरी अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

नेपालगन्जस्थित भेरी अस्पतालमा एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन सञ्चालनमा आएको छ । बिहीबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले एक कार्यक्रमकाबीच उक्त मेसिन सञ्चालन सेवाको उद्घाटन गरेका छन् ।

यसबाट नेपालगन्ज उपमहानगरपालिकाका १९ वर्षीया निलम बर्माले पहिलो सेवा लिएको रेडियोलोजी विभागका रेडियोटेक्नोलोजिष्ट इन्चार्ज स्निता गुरुङले बताइन् । उनको आर्थिक अवस्था एकदमै कमजोर भएका कारण अस्पतालले निःशुल्क सेवा प्रदान गरेको थियो ।

Exit mobile version