तराईमा हुस्सु लाग्ने सतर्कता अपनाउन अनुरोध

मौसम पूर्वानुमान महाशाखाले आगामी तिन दिनसम्म तराईमा हुस्सु र कुहिरो तथा कोशी तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात हुने जनाएको छ ।

महाशाखाले यस्तो मौसमले  दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । अहिले तराईका अधिकांश  स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेन जनाइएको छ ।  देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै छ ।

Exit mobile version