यो साता करिब ४७ अर्बले बढ्यो पूँजीकरण

यो साता धितोपत्र दोस्रो बजार १ दशमलव ४२ प्रतिशत माथि उक्लिएको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ६७ दशमलव शून्य १ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिनमा २ हजार ९६ दशमलव ३२ विन्दुमा बन्द भएको हो ।

गत साताभन्दा यो साता अंकको हिसाबमा नेप्से परिसूचक २९ दशमलव ३१ अंकले माथि उक्लिएको हो । यो साताको पाँच कारोबार दिनमा बजार चार कारोबार दिन बढेको छ भने एक कारोबार दिन मात्र घटेको छ । साताको पहिलो कारोबार दिन ५ दशमलव ३१ अंकले घटेको बजार दोस्रो दिन १४ दशमलव ५७ अंक, तेस्रो दिन ९ दशमलव ४४ अंक, चौथो दिन ४ दशमलव ९२ अंक र पाँचौं दिन ५ दशमलव ६८ अंक बढेको हो । गत साता पछिल्लो दुई कारोबार दिन बजार निरन्तर घटेको थियो । त्यसपछि यो साताको पहिलो कारोबार दिन बजार घट्दा ५७ दशमलव ९ अंक तल झरेको थियो । त्यसपछिको कारोबारमा भने निरन्तर बढेको हो ।

बजारमा पर्याप्त तरलता हुँदाहुँदै पनि सोचेअनुसार कर्जाको माग नभएको बैंकर बताउँछन् । शेयर धितोकर्जा बढ्दो क्रममा रहे पनि तरलता पर्याप्त हुँदाको अवस्थामा सोचे अनुसारको माग सिर्जना हुन नसक्नुमा लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेको जानकारी बैंकरले दिएका छन् । यो साता नेप्से परिसूचकसँगै ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव २६ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन २७३ दशमलव ९३ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साताको अन्तिम कारोबार दिन ३७८ दशमलव ६४ विन्दुमा पुगेको हो ।

नेप्से परिसूचकसँगै कुल पूँजीकरण पनि यो साता १ दशमलव ४४ प्रतिशत बृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४८ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साता ४६ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीले वृद्धि भई ३२ खर्ब ९५ अर्ब २४ करोड रुपैयाँ कायम भएको छ । कुल कारोबार रकम र कित्ता भने यो साता घटेको छ । कुल कारोबार रकम करीब ३९ प्रतिशत र कारोबार कित्ता ३६ प्रतिशतभन्दा बढीले घटेको हो । गत साता २३ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको ६ करोड ४५ लाख ४३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता १४ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको ४ करोड १२ लाख ९२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । यो साता औसतमा २ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको ८२ लाख ५८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।

औसतमा गत साताभन्दा यो साता कारोबार रकम १ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीले र कारोबार कित्ता ४६ लाख ५० हजार भन्दा बढीले घटेको हो ।

जलविद्युत् समूहका लगानीकर्ताले सर्वाधिक कमाए

यो साताको कारोबारमा म्युचुअल फण्ड बाहेकका सबै समूहगत परिसूचक घटेका छन् । यो साता म्युचुअल फण्डको परिसूचक भने शून्य दशमलव ८७ प्रतिशत घटेको छ । गत साताको तुलनामा यो साता जलविद्युत् समूहको परिसूचक भने ३ दशमलव २९ प्रतिशत बढेको हो । त्यस्तै विकास बैंकको ३ दशमलव १६ प्रतिशत, होटल तथा पर्यटनको १ दशमलव ९१ प्रतिशत, लघुवित्तको १ दशमलव ७० प्रतिशत, जीवन बीमाको १ दशमलव ६३ प्रतिशत, लगानीको १ दशमलव ३७ प्रतिशत, वित्तको १ दशमलव २२ प्रतिशत, निर्जीवनको १ दशमलव १८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ९३ प्रतिशत, अन्यको शून्य दशमलव ७६ प्रतिशत, व्यापारिकको शून्य दशमलव ५२ प्रतिशत र बैंकिङको शून्य दशमलव ३० प्रतिशत परिसूचक बढेको छ ।

Exit mobile version