आज स्थापना दिवस मनाउँदै अख्तियार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आज आफ्नो ३३औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । देशभर रहेको अख्तियारका शाखा कार्यालय तथा सम्पर्क कार्यालयहरूमा स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना हुने गरेका छन् ।
अख्तियारले स्थापना दिवसमा सामाजिक उत्तरदायित्वका साथै भ्रष्टाचार विरुद्ध सचेतनाका कार्यक्रम गर्दै आएको छ । त्यसक्रममा नेपालगन्जमा पनि सम्पर्क कार्यालयले औपचारिक कार्यक्रमको आयोजना गर्दैछ ।

Exit mobile version