नेपालगन्ज : अख्तियारमा ३ सय २५ उजुरी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा चालु आर्थिक बर्षको हालसम्म १४ हजार बढी उजुरी परेका छन् । देशभर हाल अख्तियारमा परेका उजुरीको संख्या १४ हजार ७ सय ८० रहेको आयोगको तथ्यांक रहेको छ ।


अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जमा चालु आर्थिक बर्ष २०८०/०८१ को हालसम्म ३ सय २५ वटा उजुरी परेको छ । सम्पर्क कार्यालयमा साउनमा ८२, भदौंमा ४४, असोजमा ४१, कार्तिकमा १८, मंसिरमा ४१, पुसमा ३५ र माघमा ६४ वटा भ्रष्टाचारको दाबी गर्दै उजुरी परेको हो ।


अख्तियारको सम्पर्क कार्यालयमा गत आ.व. २०७९/०८० मा ४४५ वटा उजुरी परेका छन् । आ.व. २०७८/०७९ मा ४ सय ७५ वटा उजुरी दर्ता भएको थियो । एक आर्थिक बर्षमा परेका उजुरी अन्त्यसम्म फस्र्यौट सम्भव नहुँदा अर्को आ.व.मा सरेर जाँदा उजुरीको चाङ्ग थपिदै जाने गरेको छ ।


अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका अनुसार, गत आ.व. २०७९÷०८० को साउनमा ५६, भदौमा ३९, असोजमा २२, कार्तिकमा १७, मंसिरमा १८, पुसमा २६, माघमा ३८, फागुनमा ३९, चैत्रमा ५०, बैशाखमा ५८, जेठमा ५९ र असारमा २२ वटा उजुरी दर्ता भएका थिए ।


आ.व. २०७८/०७९ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा ४ सय ७५ वटा उजुरी दर्ता भएका थिए । आयोगका अनुसार, नेपालगन्ज कार्यालयमा त्यसअघिको आ.व.बाट जिम्मेवारी सरेर आएका २ सय ७३ वटा उजुरी फस्र्यौट हुन सकेका थिए । जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरी गत आ.व.को अन्त्यसम्म ७ सय ४८ वटा उजुरी फस्र्यौटको जिम्मेवारी रहेको आयोगले ७०.५ प्रतिशत उजुरी फस्र्यौट गर्न सफल भएको थियो । 

आयोगको बार्षिक प्रतिवेदन अनुसार, गत आ.व. २०७८/०७९ को अन्त्यसम्म जिम्मेवारी सरेर आएका १५६ र गत आ.व.मा परेका मध्ये ३ सय ६८ गरी ५ सय २४ वटा उजुरी फस्र्यौट भएका थिए । आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा आ.व. २०७८/०७९ को अन्त्यसम्म रहेका ७ सय ४८ उजुरी मध्ये बिस्तृत अनुसन्धानका लागि ३५ वटा उजुरी गएका छन् भने १ सय ७७ वटा सिधै तामेली तथा सुझाव सहितको तामेली भएको उजुरीको संख्या ३६ रहेका थिए । आयोगको प्रतिवेदन अनुसार, २ सय ७६ वटा उजुरीमा अन्य कारवाही भएका छन् ।


अख्तियारको बुटवल स्थिति कार्यालयका अनुसार, आर्थिक वर्ष २०७९/०८० मा एक हजार ५२३ उजुरी दर्ता भएका थिए । परेका अधिकांस उजुरी स्थानीय तह सम्बन्धित रहेका छन् । आयोगका अनुसार स्थानीय तहमा भएका बेथितिसम्बन्धी १ हजार ३३ उजुरी दर्ता भएका थिए भने दर्ता भएका उजुरीमध्ये एक हजार ५३ अर्थात ६९.१४ प्रतिशत प्रारम्भिक छानबिनबाट फछर्याेट भएका थिए । त्यसमध्ये २४५ उजुरी आवश्यक कानूनी कारबाहीका पठाइएका छन् भने २३२ अन्य मुद्दामा गाभिएको आयोग बुटवल कार्यालयले जनाएको छ ।

Exit mobile version