गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २८ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।
मन्त्रालयले जनाएअनुसार इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ११७ प्यालेस्टाइनीहरूको मृत्यु भएको छ भने १ सय ५२ जना घाइते भएका छन् । योसँगै गत अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि मृत्यु हुनेको कुल सङ्ख्या २८ हजार ६४ पुगेको छ भने घाइतेको सङ्ख्या ६७ हजार ६११ पुगेको छ ।
इजरायली सेनाले गाजाको दक्षिणी भागमा रहेको रफाह शहरमा शुक्रबार रातिदेखि हवाई आक्रमण गरेको छ जसमा कम्तीमा २८ जनाको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले उल्लेख गरेको छ ।
शुक्रबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सेनालाई रफाहमा हमास ब्रिगेडका बाँकी रहेकाहरूलाई हटाउनका लागि भूमिगत अपरेसनको योजना तयार गर्न निर्देशन दिएका थिए ।