बाँकेको खजुरा स्थित ज्ञानोदय नमूना माध्यमिक विद्यालयले आज सोमबार आफ्नो स्थापनाको ४६औं बार्षिकोत्सव मनाउने भएको छ ।
विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले बार्षिकोत्वसलाई सिर्जनात्मक ढंगले विशेष बनाउने प्रयास गरिएको जानकारी दिए ।
२ हजार ३ सय ८ विद्यार्थी रहेको ज्ञानोदय भौतिक, शैक्षिक र व्यवस्थापकीय रूपमा त्यस क्षेत्रकै उत्कृष्ट विद्यालयका रूपमा स्थापित भएको अभिभावकहरू बताउँछन् ।
‘बार्षिकोत्सवकै अवसरमा ४÷४ कोठे छुट्टाछुट्टै दुई भवन उद्घाटन समेत गरिंदैछ’, प्रधानाध्यापक सापकोटाले दैनिक नेपालगन्जसँग भने, ‘अभिभावक दिवस पनि भएकाले विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।’
शैक्षिक सामाग्री प्रदर्शन, सम्मान तथा पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रमसँगै ज्ञानोदय स्मारिका विमोचन समेत गरिने विद्यालयले जनाएको छ ।