नेपालमा बाली प्रजनकको अभाव

नेपालमा बाली प्रजनकको जनशक्ति कम रहेकाले बाली प्रजननका लागि गर्नुपर्ने अध्ययन तथा कार्य हुन नसकेको सरोकारवालाहरूले जनाएका छन् ।

किसानले रैथाने बिउ छाडेर उन्नत जातका बिउ प्रयोगमा ल्याउन थालेको अवस्थामा बाली प्रजननको महत्व अझै बढेको जनाउँदै उनीहरूले प्रजनकको सङ्ख्यामा वृद्धि गर्नुपर्ने कुरामा जोड दिएका छन् । आयोजित ‘नेपालमा बाली प्रजनन र आनुवंशिकीको दृष्टिकोण र रणनीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनीहरूले सो कुरामा जोड दिएका हुन् । राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैङ्क) का अनुसार देशभर करिब ९० जनाको हाराहारीमा मात्र बाली प्रजनक सङ्ख्या रहेको छ ।

प्रमुख बालकृष्ण जोशीले बाली प्रजनकको बारेमा सम्पूर्ण जानकारी निकाल्ने प्रयासमा रहेको बताउँदै उनीहरूले गरेको योगदानले नेपाललाई कत्तिको फाइदा भइरहेको त्यसका बारेमा पनि खोजीनिती गर्ने बताए । बाली प्रजनकलाई राम्रोसँग पहिचान गर्न सकियो भने उनीहरूले खाद्य, पोषण, स्वास्थ्य, व्यापार, वातावरण गरी पाँच वटा क्षेत्रमा योगदान दिन सकिने उनको भनाइ छ ।

Exit mobile version