चार करोड ठगीको आरोपमा भारतीय व्यापारी पक्राउ

कपडा कारोबारमा ठगी गरेको आरोपमा काठमाडौं बस्ने भारतीय व्यापारी राजेश सिंह पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई गत साता पक्राउ गरेको हो ।

अस्ट्रियामा बस्ने भारतीय व्यापारीलाई नै ठगी गरेको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । कास्मिरी कपडा पठाउने भनेर पैसा लिएको, तर नपठाएको उजुरी उनीविरुद्ध परेको छ । पक्राउ परेका सिंहले भने केही सामान पठाइसकेको र बाँकी पठाउने क्रममा रहेकाले आफूले ठगी नगरेको दाबी गरेका छन् ।

Exit mobile version