आवधिक योजना बनाउँदै प्रदेश सरकार

लुम्बिनी प्रदेश सरकारले दोस्रो आवधिक योजना बनाउँदै छ । आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने गरी बनाउन थालिएको आवधिक योजनाको विषयमा सरोकारवालाको राय सुझाव संकलन थालिएको छ । आवधिक योजनामा सबै क्षेत्रलाई समेटेर सबैले अपनत्व लिने गरी नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गर्ने भएकाले सरोकारवाला क्षेत्रबाट योजना निर्माणमा सहयोग गर्न प्रदेश योजना आयोगले आग्रह गरेको छ ।

प्रदेश स्वास्थ्यमन्त्री राजु खनालले प्रदेशको विकासको मोडेल आवधिक योजनामा समेटिने र त्यसलाई वार्षिक योजनाका रूपमा अघि बढाउने जानकारी दिएका छन् । उद्योगी व्यवसायीका समस्याहरू सरकारले नजिकबाट बुझेको र समाधानका लागि सहकार्य गरेर अघि बढ्ने मन्त्री खनालको भनाइ छ ।

Exit mobile version