यु-१९ महिला क्रिकेट : कोहलपुर फाइनलमा

कोहलपुर मेयर-११ एक खेल अगावै बाँकेको कोहलपुरमा जारि सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला राष्ट्रिय टि(ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।


प्रतियोगिता अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर-११ विजयी भएका छन् । बागमतीले गण्डकीलाई तथा मेयर-११ ले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्यो। कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय मैदानमा आज सम्पन्न पहिलो खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्यो। गण्डकीले दिएको ५७ रनको लक्ष्य बागमतीले ३ विकेट गुमाएर पुरा गर्यो। 

बागमतीको लागि एलि यादवले १५ तथा बिपिशा शाहीले १२ रन योगदान दिए। गण्डकीको बलिंगमा निरुता जीटि, रचना चौधरी र सिमाना केसीले १र१ विकेट लिए। यस अघि टस जितेर ब्याटिंग गरेको गण्डकीले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा ५६ रन बनायो। गण्डकीको लागि कप्तान कुसुम गोदरले सर्वाधिक १७ रन, रचना चौधरीले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।बागमतीकि बलर मनिषा उपाध्यायले २ विकेट तथा क्रिश्मा गुरुङले १ विकेट लिए। प्लेयर अफ द म्याच घोषित देब्रे हाते स्पिनर मनिषाले ४ ओभरमा २ ओभर मेडन गर्दै ३ रन मात्र खर्चिन्। 

बागमतीले अन्य ५ विकेट रन आउट मार्फत पायो। आज सम्पन्न दोश्रो खेलमा कोहलपुर मेयर-११ ले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्यो। सुदूरपश्चिमले दिएको ९२ रनको लक्ष्य कोहलपुर मेयर(११ ले ४ विकेट गुमाएर १७।४ ओभरमा भेटायो। कोहलपुर मेयर(११ को ब्याटिंगमा साना प्रविनले सर्वाधिक ३९ रन बनाईन् जुन क्रममा ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्। प्रतिमा शाहले अविजित १८ रन बनाईन्। सुदूरपश्चिमको बलिंगमा रबिना साउदले २ तथा स्नेहा महरा र निशा खडायतले १र१ विकेट लिए। टस जितेर ब्याटिंग गरेको सुदूरपश्चिमले १९।३ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनायो। सुदूरपश्चिमको लागि सावित्री धामीले सर्वाधिक ४६ रन योगदान दिईन् जुन क्रममा उनले ४४ बलमा ४ चौका प्रहार गरिन्। रबिना साउदले ११ तथा अनु कडायतले १० रन बनाईन्। कोहलपुर मेयर(११ को बलिंगमा भवानी कमातीले सर्वाधिक ३ विकेट लिईन्। प्लेयर अफ द म्याच घोषित कमातीले ३।३ ओभरमा १४ रन खर्चिन्। आरति महतोले २ विकेट लिंदा हैमवती रोय र तृष्णा बिश्वकर्माले १र१ विकेट लिए।


सबै तिन खेलमा जित दर्ता गरेको कोहलपुर मेयर-११ कुल ६ अंक सहित अंकतालिकाको शिर्षमा छ जसले फाइनलमा स्थान पक्का गरेको छ। यस्तै बागमती प्रदेश ३ खेलमा २ जित र १ हार पछि ४ अंक सहित तेश्रो स्थानमा छ। समान नतिजा र अंक सहित गण्डकी प्रदेश नेट रन रेटमा अघि रहँदै दोश्रो स्थानमा छ। ३ खेलमा २ अंक सहित सुदूरपश्चिम चौंथो तथा तिन खेलमा पराजित हुँदै अंकविहिन लुम्बिनी प्रदेश पाँचौ स्थानमा छ। प्रतियोगिता अन्तर्गत पाँचौ दिन पनि दुई खेल हुनेछन्। 

Exit mobile version