लागुऔषध उपभोग र कारोबारका दृष्टिले बाँके आठौँ जोखिम जिल्ला

लागुऔषध उपभोग तथा कारोबारका दृष्टिकोणले बाँके देशको आठौँ सम्वेदनशिल जिल्लाका रुपमा रहेको पाइएको छ । पश्चिम नेपालको मुख्य व्यापारिक नाका, ६५ किलोमिटर खुला सीमा र आसपासका भारतीय सीमावर्ती बजारमा सहजै लागुओषध पाइने भएकाले यसको प्रभाव बाँकेमा देखिएको हो ।

बाँके केन्द्र भएर पश्चिमका जिल्लाहरुमा यहाँबाट लागुऔषध पुग्न सक्ने आशंका गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा मात्र लागुऔषध सेवन, कारोबारसम्बन्धी ३७ वटा मुद्धा दर्ता भएका छन् भने ५१ जना व्यक्तिलाई प्रतिवादी बनाइएको छ ।

यसैबीच जिल्लामा लागुऔषध प्रयोगकर्ताहरुको उपचार तथा पुनर्स्थापनाका लागि सञ्चालित उपचार तथा पुनर्स्थापना केन्द्रको अनुगमन गरिएको छ । उक्त केन्द्रहरु गृह मन्त्रालयद्वारा स्वीकृत कार्यविधिअनुरुपको मापदण्डअनुसार सञ्चालन भएका प्रशासनले जनाएको छ ।

जिल्लामा २२ वटा यस्ता उपचार तथा पुनर्स्थापना केन्द्र दर्ता भए पनि २० वटा मात्र सञ्चालनमा छन् ।

Exit mobile version