दाङमा एक प्रहरीले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन् । मृतक महिला पनि प्रहरी नै हुन् ।
घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेका दाङका प्रमुख जिल्ला अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए ।
वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई बाँकेको नेपालगञ्जमा कार्यरत उनका श्रीमान यमबहादुर झाक्रीले साढे ८ बजेतिर गोली हानेर हत्या गरेको प्रजिअ सुवेदीले बताए । यमबहादुर झाक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।