अख्तियारकै पूर्वप्रमुख इतिहासमा पहिलोपटक भ्रष्टाचारी ठहर

भ्रष्टाचारको अनुसन्धान र अभियोजन गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वप्रमुख ललितानिवास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले दोषी ठहर गरी दुई वर्ष कैद र ८० लाख ४८ हजार जरिवानाको सजाय तोकेको छ । अख्तियारकै पूर्वप्रमुख भ्रष्टाचारमा दोषी ठहर भएको यो पहिलो घटना हो ।

यसअघि अख्तियारका पूर्वआयुक्त राजनारायण पाठक घुसकाण्डमा दोषी ठहर भइसकेका छन् । बस्न्यात ०६६ मा भौतिक मन्त्रालयको सचिव रहँदा ललितानिवास क्याम्पको जग्गा हिनामिनासम्बन्धी निर्णयमा संलग्न थिए । बालुवाटारस्थित विशिष्ट व्यक्तिको निवास विस्तारका नाममा त्यतिवेला ललितानिवास क्याम्पको १९ रोपनी १५ आना एक पैसा एक दाम जग्गा हिनामिना भएको थियो ।

Exit mobile version