राष्ट्रिय जनगणना २०७८ को जात÷जाति, मातृभाषा, दोस्रो भाषा, पुर्खाको भाषा र धर्म सम्बन्धी संघ, प्रदेश र जिल्ला तहसम्मको तथ्यांक सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले स्थानीय तह अनुसारको जात÷जाति, मातृभाषा, दोस्रो भाषा, पुर्खाको भाषा र धर्म सम्बन्धी तथ्यांक सार्वजनिक गरिएको थियो ।
वि.सं. २०७८ को जनगणना अनुसार बाँकेको कुल जनसंख्या ६ लाख ३ हजार १ सय ९४ रहेको छ ।
त्यसमा बाँकेमा धर्म अनुसार हिन्दुको जनसंख्या ४ लाख ७५ हजार ९ सय ४५ रहेको छ । त्यस्तै, बुद्ध धर्म मान्नेको जनसंख्या ४ हजार ३५, इस्लाम धर्म मान्नेहरूको संख्या १ लाख १२ हजार ५ सय ४६ रहेका छन् । त्यसबाहेक अन्य धर्मावलम्बीहरूको संख्या निकै न्यून रहेको छ । बाँकेमा क्रिस्चियन धर्मावलम्वीहरूको संख्या ९ हजार ७ सय १३ रहेका छन् ।
राप्तीसोनारी गाउँपालिकाको जनसंख्या ६६ हजार ४ सय ४५ जनसंख्या मध्ये हिन्दुको संख्या ६३ हजार, बुद्धिष्टको संख्या १ सय ३४, इस्लामिकको संख्या १ हजार ८ सय ८३ रहेको छ ।
कोहलपुर नगरपालिकाको जनसंख्या १ लाख १ हजार ६ सय ६७ मध्ये हिन्दुको संख्या ९४ हजार ८ सय ८६ रहेको छ । बुद्धिष्टको संख्या १ हजार ९७ र इस्लाम धर्म मान्नेको संख्या २ हजार ९ सय ६४ रहेको छ । कोहलपुरमा क्रिष्चियनको संख्या २ हजार ६ सय ५५ रहेको थियो ।
त्यस्तै ६९ हजार ४ सय ७२ जनसंख्या रहेको बैजनाथ गाउँपालिकामा हिन्दुको संख्या ६६ हजार १ सय ७९ रहेको छ । त्यहाँ बुद्धिष्ट ९ सय १६, इस्लाम ६ सय ४६, क्रिष्चियन १ हजार ७ सय २२ रहेका छन् ।
खजुरा गाउँपालिकामा जनसंख्या ६२ हजार ७ सय ८९ रहेकोमा हिन्दु ४४ हजार ४ सय ८७ रहेको छ । त्यहाँ बुद्धिष्ट ५ सय ८८, इस्लामिक १५ हजार ८ सय ८२ र क्रिष्चियन १ हजार ७ सय ९० रहेका छन् । बाँकेको जानकी गाउँपालिकामा हिन्दुको संख्या ३६ हजार २९, बुद्धिष्ट ८६, इस्लाम ९ हजार ५ सय ५ र क्रिष्चियन ३ सय ४५ रहेका छन् । जानकीको कुल जनसंख्या ४६ हजार १ सय ४१ रहेको छ ।
नेपालगन्ज उपमहानगर–पालिकाको जनसंख्या १ लाख ६४ हजार ४ सय ४४ रहेकोमा हिन्दु १ लाख १३ हजार २८, बुद्धिष्ट १ हजार १ सय ५४, इस्लामिक धर्मावलम्बी ४८ हजार २ सय ५१, क्रिष्चियन १ हजार ४ सय ३२ रहेका छन् ।
डुडुवाको जनसंख्या ४३ हजार १ सय ३५ रहेकोमा हिन्दु ३० हजार ४ सय २८, इस्लामिक १२ हजार ३ सय ४८ छन् ।
त्यस्तै, नरैनापुरको जनसंख्या ४३ हजार २ सय ६ रहेकोमा हिन्दु २२ हजार ३ सय ९५, इस्लामिक धर्मावलम्वी २० हजार ६ सय ८१ रहेका छन् ।