कपिलवस्तु नगरपालिका ९ मा एक ४ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई छिमेककै १४ वर्षीय बालकले बलात्कार गरेका हुन् ।
शुक्रबार साँझ ६ बजेतिर याे घटना भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
घटनाबारे जानकारी गराएपछि प्रहरीले घटनामा संलग्न बालकलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय पिपराका निरीक्षक गोपाल रायमाझीले बलात्कार आरोपमा एकजना बालकलाई नियन्त्रणमा लिएको बताए ।
ओरोपी बालक नाबालक रहेकाले उनको नाम भने सार्वजनिक गर्न नमिल्ने रायमाझीले बताए। पीडित बालिकाको बुटवल प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा पोजेटिभ देखिएको पीडित बालिकाका अभिभावकले बताए ।
घटनामा संलग्न बालकविरुद्ध अभिभावकले शनिबार किटानी जाहेरी दिएका छन् ।