देशमा आजः ८ बजे ८ खबर

  1. बचतकर्ताको झन्डै सवा अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार रकम हिनामिना गरेको बचतकर्ताहरूको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई‌ पाण्डेलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Exit mobile version