बर्दियाको मधुवनकाे एकै गाउँका ४० जना बिरामी

भावुक योगि

बर्दियाकाे मधुवन नगरपालिका ९ गर्भुटोल गाउँमा बान्ता आउने र पखला लाग्ने समस्याका कारण ४० जना बिरामी परेका छन् । गाउँबाट शुक्रबार दाङ भ्रमणमा गएका ४० जनाले घरबाटै खानाका परिकार बनाएर लगेकाे र शनिवार घर फर्किएसंगै बचेका परिकार खाएपछि हिँजाे विहानदेखि बान्ता आउने र पखला लाग्ने समस्याका कारण बिरामी परेका हुन् । 

एकै गाउँका ४० जना बिरामी भएपछि हिजाे दिउँसो मधुवन नगरपालिकाकाे प्राथमिक स्वास्थ्य केन्द्रबाट गाउँमै पुगेका स्वास्थ्यकर्मीले उपचार सुरु गरेपनि आइतबार रातिदेखि लगातार बान्ता आउने र पखला लाग्ने समस्या नराेकिएपछि एम्बुलेन्समा राति नै जिल्ला अस्पताल गुलरिया लगिएको उप प्रमुख अनिता चाैधरीले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार मधुवन नगरपालिका ९ बाट बान्ता आउने र पखला लाग्ने समस्या भएका विरामीहरु मध्ये अहिले ३६ जनाको बर्दिया अस्पतालमा उपचार भइरहेको छ । फुड पोइजन हुँदा बिरामी भएको हुनसक्ने उहाँले बताउनुभयो । उनिहरुलाई रातिदेखि विहानसम्म एम्बुलेन्समा जिल्ला अस्पताल गुलरिया लगिएको उप प्रमुख अनिता चाैधरीले बताउनुभयो ।

थारु संग्राहलयको अवलोकनका लागि फागुन ४ गते शुक्रबार ४१ जनाको समूह दाङ गएको थियो । अवलोकन भ्रमण जाँदा गाउँबाट नै मासु लगायतको खाना तयार गरि लगिएको र घरबाटै बनाएर लगेको खाना खाएका ब्यक्तिहरु विरामी परेको वडा नम्बर ९ का वडा अध्यक्ष हर्क बस्नेतले जानकारी दिनुभयो । 

केहिको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने बिरामीहरु मध्ये एक जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेकोले थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको वडा अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

शुक्रवार भ्रमणबाट फर्किँदा बाँकी रहेको खाना शनिबार पनि खाएसँगै उनीहरूमा वान्ता आउने तथा पखाला लाग्ने समस्या देखिएको थियो । बासी खानामा अखाद्य वस्तु मिसिएर झाडावान्ता तथा पखाला हुने समस्या आएपछि घरपरिवार तथा छिमेकीले अस्पताल पुर्याएका थिए ।

खानामा फुड पोइजन हुँदा उनीहरू बिरामी परेका चिकित्सकले बताएका छन् । उनिहरुले बासि खाना खाएका कारण फुड पाेइजनिङ भएको हुन सक्ने गाेकर्ण गिरिले बताउनुभयो । हैजा भन्ने हल्ला गरिएपनि फुड पाेइजनिङ जस्तो देखिएको र हैजा हाे हाेइन ल्याव परिक्षण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

तस्बिर : सितल थापाकाे फेसवुकबाट

Exit mobile version