नेपालीले भारतीय सिम पाउने

भारतमा काम गरिरहेका वा विभिन्न कामले त्यहाँ पुग्ने नेपाली नागरिकले अब सहजै भारतीय सिमकार्ड पाउने नेपाली दूतावासले जनाएको छ । भारतका लागि नेपालका राजदूत शंकर शर्माले मंगलबार बिहान एक्समार्फत उक्त जानकारी दिएका हुन् ।

अब नेपालीले नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्रका आधारमा भारतीय सिम पाउने

यसअघि भारतले प्राविधिक कारण भन्दै नेपाली नागरिकहरूलाई सिम कार्ड दिन रोक लगाएको थियो । लामो समयदेखि काम गरिरहेका र आधार कार्ड भएका नेपालीलाई भने सिम उपलब्ध गराइन्थ्यो । घुम्न वा काम विशेषले जानेहरूले भने चिनेजानेका आधारमा भारतीय नागरिककै सिम मागेर चलाउनुपर्ने बाध्यता थियो ।

राजदूत शर्माले अबदेखि अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाउनले जनाएका छन् । राजदूतावासले भारतीय विदेश मन्त्रालयलाई नेपाली नागरिकलाई सहजै सिम उपलब्ध गराउन अनुरोध गरेको पनि उनको भनाइ छ ।

उनले भनेका छन्, ‘अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ । पहिले प्राविधिक कारणले पाइँदैन थियो। राजदूतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय हुनु खुसीको कुरा हो !’

Exit mobile version