गृहमन्त्री श्रेष्ठ प्रमुख अतिथि भएकाे सुरक्षा गाेष्ठीमा आएनन् मुख्यमन्त्री चाैधरी

लुम्बिनी प्रदेशकाे प्रदेशस्तरीय सुरक्षा गाेष्ठीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरी सहभागी भएका छैनन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेकाे उक्त गाेष्ठीमा प्रदेशका मुख्यमन्त्री नै सहभागी नभएका हुन् ।
लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी, लुम्बिनीका गृहमन्त्री सन्ताेषकुमार पाण्डे सहभागी छन् । काठमाडाैंमा जारी कांग्रेसकाे महासमिति बैठकमा सहभागी भएकाले उनी सुरक्षा गाेष्ठीमा सहभागी नभएका स्राेतले जनाएकाे छ । याे गाेष्ठी भाेलिसम्म सञ्चालन हुनेछ । मुख्यमन्त्री चाैधरी भाेलि उक्त गाेष्ठीमा सहभागी हुने बताइएकाे छ ।

Exit mobile version