७० लाखमा बिक्यो क्षेत्रीको एप

नेपालगन्ज टेक्निकल कलेजमा कम्प्युटर इन्जिनियरमा डिप्लोमा गरेका विद्यार्थी कर्ण बहादुर बुढा क्षेत्रीले बनाएको एप ७० लाखमा बिक्री भएको छ । बर्दिया बाँसगढी–५ का क्षेत्रीले बनाएको मोबाइल एप ७० लाख रूपैयाँमा इजराइली कम्पनी राउन्ड्स एआई लिमिटेडले खरिद गरेको कलेजले जानकारी दिएको छ ।


‘कलेजबाट आर्थिक बर्ष २०७३/०७४ देखि २०७५/०७६सम्म अध्यक्ष गरेका विद्यार्थीले ठूलो उपलब्धी हासिल गरेकोमा विद्यालय परिवार हर्षित छ’, कलेजका प्रबन्ध निर्देशक किशोर कुमार पाण्डेले भने । प्रिन्सिपल छिनिङ लाल थापा मगरले विद्यार्थी क्षेत्रीको उपलब्धी अन्य विद्यार्थीका लागि पनि प्रेरणा बन्ने विश्वास व्यक्त गरे ।


कलेजका लेखा प्रमुख पंकज राज पाण्डेले विद्यार्थी क्षेत्रीले बनाएको पिक अप लाइन्स – फ्लर्ट मेसेजेज्को प्रयोग बढिरहेको जानकारी दिए । उक्त एपले साथीभाइ÷आफन्तसँग मिठा, रमाइलो, सम्झनलायक कुराकानी गर्न सहयोग गर्छ । यसका लागि एपमा पिकअप लाइनहरूको संग्रह राखिएको छ ।


एन्ड्रोइड ५.१ भन्दा माथिको भर्सनमा चल्ने यो एपलाई कर्णले गत वर्ष अर्थात् २०२२ नोभेम्बर महिनामा गुगल प्ले स्टोरमा अपलोड गरेका थिए । छोटो समयमा नै एपलाई धेरैले मन पराएपछि डाउनलोड संख्या पनि ह्वात्तै बढेको क्षेत्रीले सञ्चारमाध्यमलाई बताएका छन् । एपभित्र चिजी, रोमान्टिक, क्युट, फन्नी आदि क्याटगोरीका पिकअप लाइन रहेका छन् । जसलाई सजिलै कपि गरेर एसएमएस, ईमेल अथवा मेसेन्जरमा प्रयोग गर्न सकिने उनले जनाए ।


“विशेष गरेर अफ्रिका र युरोपका प्रयोगकर्ताहरू एपमा बढिरहेका थिए । आम्दानी क्रमशः बढिरहेको थियो,” एम निर्माता क्षेत्रीले सञ्चारमाध्यमलाई बताएका छन्, ‘सोही समयतिर राउन्ड्स एआईले २५ हजार डलरमा एप किन्ने प्रस्ताव ग¥यो ।’

Exit mobile version