त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो सुन बरामद भएको छ । अपरान्ह ४ बजेतिर कतारबाट मुम्बई हुँदै काठमाडौँ आएका भारतीय नागरिकले करिब एक किलो सुन ल्याएका थिए ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार, दुई वटा पाइण्टको भित्रपट्टी लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको थियो । पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद जेसन रहेका छन् ।

दुई दिन अघि पनि विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रङको अर्धठोस वस्तु करिब आठ सय ५५ ग्रामसहित भारतीय नागरिक पक्राउ परेका थिए ।

Exit mobile version