हामी २१ औं शताब्दीमा छौं । तर, समाजमा रहेको अन्धविश्वास र कुरीति अझै हट्न सकेको छैन । यस्ता अन्धविश्वासबाट हुने अमानवीय कार्य अझै पनि जारी रहेका छन् । जसका कारण महिला अझै बढी पीडित हुने गरेका छन् ।
गत बर्ष २०७९ फागुन २१ गते सल्यानको कुमाख गाउँपालिका २ स्थित एक महिलालाई बोक्सीको आरोपमा ५८ बर्षीय कालु बुढाले कुटपिट गरे । बढुलाई प्रहरीले फागुन २५ गते पक्राउ गर्यो र मुद्दा चलायो । जिल्ला अदालतले २०८० असार २७ गते २ बर्ष कैद, ७० हजार जरिवाना र पीडितलाई १ लाख ५० हजार क्षतिपूर्ति दिने फैसला गर्यो ।
माथिको घटना उदाहरण मात्रै हो । सन् २०२३ मा इन्सेकले नेपालभर बोक्सीको आरोपका २५ घटना अभिलेखिकरण गरेको छ । जसमा बाँकेको समेत एउटा घटना उल्लेख रहेको छ । २४ देखि ७१ बर्ष उमेर समूहका महिलामाथि बोक्सीको आरोप लगाइएको हो ।
‘कुप्रथा र अन्धविश्वासका कारण बर्षौदेखि बोक्सीको आरोपमा हिंसा तथा बहिष्करणको दुस्चक्रमा महिलाहरू पीडित हुने क्रम यस बर्ष पनि रोकिएन’, इन्सेकले मानवअधिकार बर्ष पुस्तक २०२४ मा उल्लेख गरेको छ