सिटिइभिटीको ३६औं दिवस मनाइयो

मुलुकमा प्राविधिक शिक्षाका लागि महत्वपूर्ण योगदान दिंदै आएको, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभीटी) ले शनिबार आफ्नो स्थापनाको ३६औं परिषद् दिवस मनाएको छ । देशका विभिन्न ठाउँमा रहेका आफ्ना सम्बद्ध शिक्षालयहरूमा परिषद् दिवस मनाइएको हो ।

त्यसक्रममा नेपालगन्जमा रहेको सिटिइभिटीको आंगिक शिक्षालय भेरी प्राविधिक शिक्षालयमा विभिन्न कार्यक्रम गरी परिषद् दिवस मनाइएको छ । सिटिइभिटी दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ८८ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक युवराज पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार शिक्षालयमा अध्ययनरत् विद्यार्थी र कर्मचारीहरूले रक्तदानमा उत्साहजनक सहभागिता जनाएका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै भेरी प्राविधिक शिक्षालय प्रमुख आशा कुमारी श्रेष्ठले यसखालका सिर्जनात्मक कार्यक्रमहरू शिक्षालयले नियमित गर्दै अगाडि बढ्न बताइन् । परिषद् दिवसकै क्रममा खेलकुद कार्यक्रम पनि गरिएको छ । कर्मचारी स्तरीय फुटसल प्रतियोगिताको आयोजना गरिएको शिक्षालयका प्रतिनिधि भावनाले सापकोटाले जानकारी दिइन् ।

Exit mobile version