रुसी सेनामा भर्ना भएका  रोल्पाका एक युवक मारिए

युक्रेनी सेनाको आक्रमणमा परि रोल्पाका एक युवकको मृत्यु भएको छ । रुसी सेनामा भर्ना भएका रोल्पा त्रिवेणी-७ गैरोगाउँस्थित रानागाउँका ४४ वर्षीय घनसिंह पुनको रूस-युक्रेन युद्धका क्रममा मृत्यु भएको हो ।

रुसी सेनाको क्याम्पमै रहेका बेला युक्रेनी सेनाले ड्रोनबाट गरेको आक्रमणमा  परेर उनको मृत्यु भएको बताइएको छ । तीन महिनाअघि भारत हुँदै रुसी सेनामा भर्ना हुन पुगेका उनको मृत्यु भएको उनीसँगै रहेका रोल्पाका एक र दाङ निवासी अर्का साथीले घरसम्म खबर पुर्‍याएपछि घनसिंहको मृत्यु भएको पुष्टि भएको हो । उनीसँग नेपालका करिब एक दर्जन युवाले सैन्य तालिम लिने तयारीमा थिए । उनका साथीहरू रोल्पा लिबाङका एकजना र आफन्तसमेत पर्ने दाङको घोराहीमा बस्ने अर्का युवाले आफूहरू मुस्किलले बाँच्न सफल भएको तर घनसिंहको आक्रमणमा परेर मृत्यु भएको खबर सुनाएका हुन् ।

Exit mobile version