आज नगर र वडाका कामकाज प्रभावित हुने

पुरुषोत्तम सापकोटा

आज नेपालगन्ज उपमहानगरपालिकाको कामकाज प्रभावित हुने भएको छ । ५ नम्बर वडाअध्यक्षले हिजो मंगलबार नगरको कार्यालयमा आएर कर्मचारीलाई लक्षित गर्दै आक्रोस पोखेपछि त्यसको विरोधस्वरुप उनीहरुले आज नगरको कामकाज प्रभावित पार्ने भएका हुन् ।

दोषी उपर प्रचलित कानूनबमोजिम कडाभन्दा कडा कारवाहीको माग गर्दै कानूनी कारबहीको प्रक्रिया अगाडि नबढ्दासम्म नेपालगञ्ज उपमहानगरपालिका तथा सबै वडा कार्यालयहरुमा अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द रहने कर्मचारीहरुले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । वडाअध्यक्ष शेषले कार्यालयका विभिन्न शाखामा प्रवेश गरी कर्मचारीहरुलाई धम्क्याउने, अपशब्द प्रयोग गर्ने, नगर प्रमुख, उपप्रमुख एवम् प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी अभद्र व्यवहार देखाउने र कार्यालय परिसरभित्र जनप्रतिनिधि एवम् कर्मचारीको मानमर्दन हुने गरी गालीगलौज गर्ने अपशब्द प्रयोगसँगै झुठ्ठा लाञ्छना लगाएको कर्मचारीहरुको भनाइ छ । यसको विरोधमा बुधबार कामकाज प्रभावित हुने उनीहरुको भनाइ छ ।

Exit mobile version