टकसारको नेतृत्वमा पोखरेल

टकसार बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा इश्वर प्रसाद पोखरेल चयन भएका छन् । शनिबार भएको संस्थाको १४औं बार्षिक साधारणसभाले पोखरेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको हो ।


नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा चिरञ्जीवि ओली, सचिव महेश्वर जोशी, कोषाध्यक्ष भानुभक्त रेग्मी चयन भए । सञ्चालक समितिमा डम्बर बहादुर चन्द, प्रमोद कुमार गुप्ता र बसन्ती रोकाय चयन भएका छन् भने निर्मल कुमार उपाध्यायको संयोजकत्वमा लेखा तथा सुपरिवेक्षण समिति निर्वाचित गरिएको छ । समितिमा लोकराज देवकोटा र झसिन्द्रा खत्री सदस्य छन् ।


त्यसअघि संस्थाका अध्यक्ष वीरभान केसीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा विभिन्न वक्ताहरूले सहकारी क्षेत्रको विद्यमान चुनौति बीच पनि टकसारले गरेको प्रगतिप्रति प्रशंसा गरेका थिए । संस्थाले ५५ करोड ५८ लाख १२ हजार ५ सय बढीको कारोबार पछिल्लो आर्थिक बर्षमा गर्न सफल भएको जानकारी दिंदै ३ करोड १७ लाख शेयरपूँजीलाई ५ करोड पुर्याउने घोषणा साधारणसभाबाट गरिएको सचिव महेश्वर जोशीले जानकारी दिए ।

Exit mobile version