सुधार गृहलाई सामाग्री सहयोग

बाँकेमा सञ्चालित दुई सुधार गृहका लागि विभिन्न सामाग्री उपलब्ध गराइएको छ । केन्द्रीय बाल कल्याण समितिले जयन्दु बाल सुधार गृह डुडुवा र बैजनाथ गाउँपालिकाको नौबस्ता बाल सुधार गृहमा आयोजना गरेको बस्तु तथा उपकरण वितरण कार्यक्रममा विभिन्न सामाग्री प्रदान गरिएको हो ।

बाल सुधार गृहका लागि एयर कुलर, टेलिभिजन, ल्यापटप, डेस्कटप कम्प्युटर तथा खेलकुद सामाग्री प्रदान गरिएको हो । सामाग्री हस्तान्तरण कार्यक्रममा बालसुधार गृहलाई उपलब्ध गराइएको सामाग्रीबाट सुधार गृहमा रहेकाहरूलाई खेलकुद तथा सिकाईमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सामाग्रीहरू यूनिसेफले सहयोग गरेको हो । कार्यक्रममा बोल्दै यूनिसेफका प्रतिनिधि डेन रोनोले यूनिसेफले गरेको सामाग्री सहयोगले सुधार गृह तथा त्यहाँ रहेका बालकहरूको सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

केन्द्रीय बाल न्याय समितिको सचिवालयका उपसचिव अनुपमा पन्तले बाल न्याय समितिको परिचय र कामका बारेमा जानकारी गराएको कार्यक्रमको सञ्चालन केन्द्रीय बाल न्याय समितिकी अधिकृत जेनी श्रेष्ठले गरेकी थिइन् ।

 

Exit mobile version