संसद् भवनभित्र छिरेर नारावाजी गर्ने क्रममा पक्राउ परेका दुई दर्जन लघुबित्त पीडित महिला रिहा भएका छन् । सोमबार नारा लगाउँदै संसद् परिसरबाहिर पुगेका लघुबित्त पीडितहरू बन्द रहेको गेट धकेलेर संसद् परिसरभित्र छिरेर नारावाजी गर्ने क्रममा पक्राउ परेका उनीहरू बुधबार राति रिहा भएका हुन् ।
देशभरबाट आन्दोलनका लागि काठमाडौं भेला भई लघुवित्त पीडितहरू संसद् बैठक चलिरहेको बेला उनीहरू त्यहाँ पुगेर नाराबाजी गरेका थिए । सोमबार संसद् भवन छिर्नेमा ३५ जना भन्दाबढी पीडित थिए । पक्राउ परेकालाई सरकारले प्रहरी नियन्त्रणमै राखेर मुद्दा चलाउने तयारी गरेको थियो ।