- नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ को किङगरियनपूर्वा बस्ती विकासको मूलधारमा आउन सकेको छैन । नगरको उपस्थिति नहुँदा सडकलगायतका पूर्वाधार निर्माण नहुँदा यहाँका स्थानीयले संघीयताको अनुभूति गर्न पाएका छैनन् ।
- बाँकेको नरैनापुर गाउँपालिका पछिल्लो तीन महिनादेखि अस्थिर अवस्थामा रहेको पाइएको छ । खासगरि कर्मचारी व्यवस्थापन र शिक्षा क्षेत्र लगभग दूरावस्थातर्फ अघि बढेको स्थानीयको भनाइ छ । हालै मात्र नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालको सरुवा भएपछि नरैनापुर गाउँपालिकाका अधिकांश शाखा कर्मचारीविहीन छन् ।
- महावीर पुन नेपालगन्ज पुगेका छन् । वैज्ञानिक तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बिहीबार साँझ नेपालगन्जको त्रिभुवन चोकमा आफ्नै आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ विक्री गर्ने भएका छन् । साँझ ५ बजेदेखि साढे ७ बजेसम्म उक्त किताब बिक्री गरिने उनले जनाए ।
- खजुरा गाउँपालिका-६ सिमलघारीबाट एक ग्राम तीन सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोही ठाउँका २३ वर्षीय प्रकाशबहादुर धामी र १९ वर्षीय विजय घिमिरे पक्राउ परेका छन् ।
- घडियालका लागि प्राकृतिक बासस्थानका रूपमा रहेको राप्ती नदीमा यसको संरक्षण गर्न भने चुनौती देखिएको छ । बाँके राष्ट्रिय निकुञ्जले दुई वर्षको अवधिमा २० वटा घडियाल गोही छाडे पनि तीमध्ये १२ वटा जति मात्र नदीमा रहेको निकुञ्जले जनाएको छ ।
- बाँकेमा जङ्गली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाइने भएको छ । राप्तीसोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केही वडामा बसोबास गर्ने सर्वसाधारणको जमिन बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।
- र, बर्दियाका किसानले दूधको भुक्तानी माग गर्दै हुलाकी र पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले बिहीबार जिल्ला प्रशासन कार्यालयअगाडि सडकमा दूध खन्याएर सरकारविरुद्ध आक्रोशसमेत पोखेका छन् ।