- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शनिबार र आइतबार देशका धेरैजसो स्थानमा बदलीको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पञ्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको साथै कोशी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
- मध्यपश्चिम विश्वविद्यालयका आंशिक उपप्राध्यापकहरुले करार नियुक्तिको माग गर्दै क्याम्पसमा तालाबन्दी गरेका छन् । विगत १० वर्षयता विद्यालयमा अध्यापन गराउँदै लिखित, मौखिक सबै प्रक्रिया पूरा गर्दा पनि करार नियुक्तिमा ढिलाए भएको भन्दै तालाबन्दी गरिएको आंशिक उपप्राध्यापकहरुले बताएका छन् । मागहरु पूरा नभएसम्म चरणबद्ध आन्दोलन गर्ने उनीहरुको भनाइ छ ।
- लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक ५ मिनेट १७ सेकेण्ड मात्रै बसेर सम्पन्न भएको छ । यसअघि लुम्बिनी प्रदेशसभाको बैठक गत भदौं २६ गते बसेको थियो । लुम्बिनी सरकारको मन्त्रिपरिषद्मा कार्यविभाजन हेरफेर भएको सूचना पढेर सुनाएपछि दोस्रो बैठक शनिबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको छ ।
- प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ राष्ट्रियसभाबाट पारित भएको छ । कानुन, न्याय तथा संसदीयमा मामिलामन्त्री धनराज गुरुङले सो विधेयक सभामा पेस गरेका थिए । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको सो विधेयकमाथि त्यसअघि छलफल भएको थियो ।
- इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । आइओसीले बिहीबार नेपाललाई नयाँ मूल्य पठाएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २१ पैसा र डिजेलमा ८५ पैसा बढाएर पठाएको छ ।
- इन्टरनेट माध्यमबाट हुने हिंसाको संख्या बढिरहे पनि कानुन अभावमा नियन्त्रण चुनौतीपूर्ण बनेको छ । विभिन्न सामाजिक सञ्जालमार्फत आफूहरूमाथि हिंसा गरिएको भन्दै प्रहरीको साइबर ब्युरोमा दर्ता गराइएका उजुरी समाधानमा चुनौती देखिएको हो ।
- निजी क्षेत्रको अग्रसरतामा नेपाल–भारतबिच अन्तर्देशीय विद्युतीय (क्यूआर) भुक्तानी प्रणाली सुरु भएसँगै दुई देशबिचको कारोबारमा सहज हुनका साथै पारदर्शीसमेत हुने भएको छ । नेपालमा विद्युतीय भुक्तानीका लागि ‘क्यूआर स्क्यान’माध्यम विकास गरेको फोन पेले ‘बिजनेस टु बिजनेस’ (बीटूबी) सम्झौतामार्फत दुई देशबिच विद्युतीय भुक्तानी प्रणाली सुरु गरिसकेको छ ।
- र, करण केसीले अन्तिम ओभरमा ८ रनमात्र दिएपछि नेपालले ट्वान्टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा शुक्रबार नामिबियालाई ३ रनले पराजित गरेको छ । अन्तिम ओभरमा विजयका लागि नामिबियालाई १२ रन चाहिने कअवस्थामा करणले ८ रनमात्र दिएका थिए । आफ्नो अघिल्लो ३ ओभरमा ४१ रन खर्चेका करणले जोखिमपूर्ण अन्तिम ओभर लिएर सानदार बलिङ गरेका थिए । अन्तिम ओभरमा नामिबियाले जोडेको ८ रनमध्ये अन्तिम बलको चौका पनि थियो ।