स्प्रिङ डेल एकेडेमी नेपालगन्जले आफ्नो १८ औँ वार्षिक उत्सव शनिवार विभिन्न कार्यक्रम गरी मनाएको छ ।
स्प्रिङ डेल एकेडेमी विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरूद्दीन राईले विद्यार्थी भविष्यको कर्णधार भएको बताउँदै उज्वल भविष्यको कामना गरे । उपप्रमुख राईले विद्यालयमा आवातजावत गर्न बाटोको समस्या रहेको पाएपछि पिचबाटो बनाउन लागेको बताए ।
कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक महाविर पुनले विद्यार्थीहरूलाई अध्ययन प्रति रुचि बढाउन सुझाव दिंदै आफ्नो पुस्तक विद्यार्थीका लागि भएको बताए ।
कार्यक्रममा साहित्यकार सनत कुमार रेग्मी, कर्णाली प्रदेश तालिम केन्द्रका समादेशक राजेन्द्र प्रसाद भट्ट, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई बाँकेका रामसुरेश यादव,उद्योग वाणिज्य संघ नेपालगन्जका अध्यक्ष टंक बहादुर धामी, नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा गोरख बहादुर थापा, प्याब्सन केन्द्रीय सदस्य सुनिल कुमार गुप्ता , डा.सत्य शाह, जिल्ला प्याब्सन बाँके अध्यक्ष यम बहादुर रावत, प्याब्सन नगर अध्यक्ष विकास बजाचार्य, लगायतले शिक्षालाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक रहेको बताएका थिए । बार्षिकोत्सव कार्यक्रममा पाँच उत्कृष्ट शिक्षक शिक्षिकालाई पुरस्कार वितरण गर्नुका साथै विद्यालय भन्दा बाहिरका क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई नगद पुरस्कार वितरण गरिएको विद्यालयका प्राचार्य शरद रावलले जानकारी दिए ।
विद्यालयकी शिक्षिका संगीता तिमिल्सिनाले सञ्चालन गरेको बार्षिकोत्सव कार्यक्रममा स्वागत शिक्षक तपेन्द्र रावलले गरेका थिए ।
वार्षिकोत्सवमा साहित्यकार सनत रेग्मी र वैज्ञानिक महावीर पुनलाई सम्मान गरिएको थिए ।
बार्षिकोत्सव कार्यक्रममा सांगीतिक कार्यक्रमसँगै विद्यार्थी बालबालिकाले फुड स्टल सञ्चालन गरेका थिए ।
बार्षिकोत्सवका अवसरमा स्प्रिङ डेलका विद्यार्थीहरूले संयुक्त राष्ट्र संघ महासभाको अभ्यास गरेका थिए । जुन आज आइतबार पनि चल्ने प्राचार्य रावलले जानकारी दिए । कार्यक्रममा य्ुथ इन्टर सोसाइटीका सहअध्यक्ष क्षितिज भट्टराईले महासभाको अभ्यास र यसको महत्वबारे धारणा राखेका थिए ।
प्राचार्य रावलले विद्यार्थीहरूलाई समय सुहाउँदो व्यवहारिक सँगै प्रयोगात्मक शिक्षा र प्रविधिसँग जोड्ने विद्यालयले महत्व दिइरहेको बताए ।