- काठमाडौं केन्द्रित दोस्रो चरणको आन्दोलनमा होमिएको लघुवित्त तथा मिटरब्याज पीडितहरुले आफ्नो समस्या समाधान नभई घर नफर्कने चेतावनी दिएका छन् । उनीहरुले लघुवित्त तत्काल खारेज गर्न पनि सरकारलाई दबाब दिएका छन् । दोस्रो चरणको आन्दोलनअन्तर्गत काठमाडौंको खुला चौरमा आश्रय लिएर बसेका उनीहरुले लघुवित्त संस्थाहरुको ऋण नतिर्ने जिकिरसमेत गरेका छन् ।
- वर्तमान सरकारका दुईजना राज्यमन्त्रीको पद रिक्त हुँदैछ । आइतबार राति १२ बजेदेखि भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाई र शिक्षा राज्यमन्त्री प्रमीला कुमारीको पद रिक्त हुन लागेको हो । नेकपा एकीकृत समाजवादीकी चपाई र जनता समाजवादी पार्टीकी प्रमीला आइतबार राति १२ बजेदेखि राष्ट्रियसभा सदस्यबाट बिदाइ हुँदैछन् । मन्त्री हुनका लागि संघीय संसद्को सदस्य हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सांसद पदबाट हटेसँगै उनीहरूको राज्यमन्त्री पद पनि रिक्त हुन लागेको हो ।
- मलेसियाले अवैधानिकरूपमा बसेका नेपालीसहित आप्रवासी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्याएको छ । मलेसियास्थित नेपाली दूतावासले अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकका लागि फागुन १८ गतेदेखि आगामी २०८१ पुस १६ गतेसम्म घर फिर्ती कार्यक्रम राखेको छ ।
- झापाको पुर्वी नाका मेचीनगरमा सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी र नेपाल-भारत सामान ओेसारपसार गर्ने स्थानीयबीच झडप हुँदा एक सशस्त्र प्रहरीसहित सातजना घाइते भएपछि तनाव सिर्जना भएको प्रहरीले जनाएको छ ।
- सुदूरपश्चिम प्रदेशसभाको शनिबार बोलाइएको बैठक स्थगित भएको छ । कार्य व्यवस्था परामर्श समितिको निर्देशनमा प्रदेशसभाको बैठक स्थगित गरिएको हो । प्रदेशसभाको तेस्रो अधिवेशनको १०औँ बैठक शनिबार दिउँसो २ बजेका लागि बोलाइएको थियो । अर्को सूचना नहुँदासम्मका लागि उक्त बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।
- शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा गर्न लागिएको बालबालिका, विकास र शान्तिका लागि चौथो अन्तर्राष्ट्रिय लरेट एन्ड लिडर्स शिखर सम्मेलनको तयारी तीव्र पारिएको छ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा यही फागुन २८ र २९ गते हुने शिखर सम्मेलनमा नेपालसँग दौत्य सम्बन्ध कायम भएका विभिन्न राष्ट्रका उच्च तहका सरकारी व्यक्तित्वहरू, नोबेल शान्ति तथा अन्य विधामा पुरस्कार विजेताहरू सहभागी हुनेछन् ।
- अहिले पश्चिम नेपालका धेरैजसो ठाउँमा बदली भएर केही ठाउँमा पानी परिरहेको छ । पश्चिमका उच्च पहाड र हिमाली क्षेत्रमा सामान्यदेखि मध्यम खालको हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालमा बदली र वर्षा तथा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
- र, नेदरल्यान्ड्सलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । शनिबार भएको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल उपाधि नजिकै पुगेको हो ।