लुम्बिनीको बाहिरी क्षेत्रको सुरक्षा सशस्त्रलाई दिन माग

गौतम बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको बाहिरी सुरक्षा सशस्त्र प्रहरीले गर्नुपर्ने माग गरिएको छ । लुम्बिनी विकास कोषले यहाँको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी गुरूयोजना क्षेत्र बाहिरको सुरक्षा सशस्त्र प्रहरीमार्फत हेर्ने व्यवस्था गर्न माग गरेको हो ।

कोषका पदाधिकारीसहितको टोलीले आइतबार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट तथा छलफल गरी माग गरेका हुन् ।

Exit mobile version