रुपनी जि एम
ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले महिलाको हत्या अभियोगमा एकजनालाई पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका वडा नं ९ बनगाई बस्ने बर्ष २७ २७ वर्षिया उर्मिला चौधरीको हत्या अभियोगमा बाँकेको कोहलपुर नगरपालिका वडा नं २ मुक्तिनगर बस्ने बर्ष ४५ को राम सिंह थारुलाई आईतबार प्रहरीले पक्राउ गरेको हो ।
मृतक उर्मीला चौधरीको शव शुक्रबार बाँकेको बैजनाथ गाँउपालिका वडा नं ५ स्थित बनकट्टी देखि जि गाँउ जाने बाटोमा फेला परेको ईलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । अनुसन्धानका क्रममा मृतक उर्मिला चौधरीको शवलाई राम सिंह थारुले बिहीबार राती घाटी थिची मारेर जि गाँउ जाने बाटोमा फालेको बुझिएको छ ।
तीन दिनको अनुसन्धान पश्चात राम सिंह थारुलाई प्रहरीले आईतबार नियन्त्रणमा लिएको छ भने निजलाई पाँचका लागि हिरासतमा राखेर थप अनुसन्धानको प्रक्रिया अघि बढाएको ईलाका प्रहरी प्रमुख तिवारीले बताउनुभयो ।