महाशिवरात्रीमा नशा विरुद्धको अभियान

आगामी शुक्रबार महाशिवरात्री पर्व छ । पर्वका अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विश्व विद्यालय, क्षेत्रीय कार्यालय, नेपालगन्जले साताव्यापी नशामुक्त सचेतना कार्यक्रम आयोजना गरिएको
छ ।

नशामुक्ति सचेतना सप्ताहको पहिलो दिन शनिबार बर्दियाको ठाकुरबाबा नगरपालिका स्थित भुरीगाउँमा झाँकी र्याली, आध्यात्मिक चित्र प्रदर्शनी र प्रवचन एवं स्नेह मिलन कार्यक्रम गरिएको छ । सचेतना सप्ताह झाँकी र्र्यालीको संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षता, ठाकुरबाबा नगरपालिका, भुरीगाउँ, बर्दियाका नगर प्रमुख तिलक राम लम्सालको प्रमुख आतिथ्यतामा भएको थियो ।

क्षेत्रीय कार्यालय, नेपालगन्जले महाशिवरात्री महोत्सव नशामुक्ति सचेतना सप्ताह कार्यक्रम अन्तर्गत आइतबार भृकुटीनगर, काँरकादोमा शिवध्वजारोहण र विभिन्न स्थानमा सचेतनामुलक घर दैलो कार्यक्रम गरेको छ । आज सोमबार मोटरसाइकलद्वारा नशामुक्ति सचेतनाका लागि नगर परिक्रमा, धम्बोझी, राँझा एअरपोर्टमा शिवध्वजारोहण, विभिन्न स्थानमा घर दैलो कार्यक्रम तय गरिएको छ ।

२२ गते विभिन्न स्थानमा घर दैलो कार्यक्रम गने र फागुन २३ देखि २५ गते महाशिवरात्रप्को दिनसम्म वागेश्वरी मन्दिर प्राङ्गणमा चमत्कारिक शिवदर्शन, शिवमय साँस्कृतिक साँझ कार्यक्रम, शिव झाँकी, महाशिवरात्रि महात्म्य, कर्म दर्शन, सृष्टि चक्रको रहस्य आादिको सचित्र वर्णन, विभिन्न नशामुक्ति सचेतना प्रदर्शनी, अद्भूत दान, नशामुक्तिका लागि काउन्सलिङ्ग आदिको विशेष प्रस्तुति सहित शिवदर्शन नशामुक्ति सचेतना आध्यात्मिक चित्र प्रदर्शनी मेलाको आयोजना गर्नेछ ।

शिवध्वजारोहण र विभिन्न स्थानमा सचेतनामुलक घर दैलो कार्यक्रम निरन्तर गर्ने र राप्तीपारी नरैनापुरमा २८ गते चरित्र निर्माण नशामुक्ती आध्यात्मिक चित्र प्रदर्शनी गर्ने जानकारी संस्थाका क्षेत्रीय सचिव ब्रह्माकुमार कृष्णबहादुर रानाभाटले जानकारी गराए ।

Exit mobile version