नयाँ गठबन्धनले अन्य दलहरूलाई पनि सरकारमा सहभागी गराउने सहमती गरेको छ । नयाँ गठबन्धनले अन्य दलहरूलाई पनि सरकारमा सहभागी गराउने सहमती गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको सम्माननीय प्रधानमन्त्रीज्यूको संकल्प र नेपाल सरकारको मार्गचित्र कार्यान्वयन गर्न बनेको नयाँ गठबन्धनका चार दल यो गठबन्धनप्रति सकारात्मक दलहरूसँग संवाद गर्दै अरू दललाई समेत सहभागी गराएर सरकारलाई पूर्णता दिने सहमतिमा पुगेका छन् ।,’