गाजाको एक अस्पतालमा कुपोषणका कारण १५ जना बालबालिकाको मृत्यु भएको छ । संयुक्त राष्ट्र सङ्घका अनुसार जारी युद्धका कारण गाजामा भोकमरी उत्पन्न भएको र त्यसबाट सबैभन्दा धेरै बालबालिका प्रभावित बनेका छन् ।
राष्ट्र सङ्घले गाजामा उत्पन्न परिस्थितिलाई पोषण संकट घोषणा गरेको छ । उत्तरी गाजाको बेत लहियास्थित कमाल अदवन अस्पतालमा मात्रै कुपोषणका कारण १५ जना बालबालिकाको मृत्यु भएको छ भने रफाहस्थित अल अवदा अस्पतालमा कुपोषणका कारण कैयौँ बालबालिका भर्ना भएका छन् । राष्ट्र सङ्घले गाजाका विभिन्न अस्पतालमा भर्ना भएका बालबालिकामध्य अधिकांश नवजात रहेको बताएका छन् ।
राष्ट्र सङ्घका युद्धग्रस्त क्षेत्रमा तत्काल खाद्यान्न सामग्री उपलब्ध नगराए अवस्था थप भयावह बन्न सक्ने भन्दै इजरायलसहितका विश्व समुदायलाई आग्रह गरेको छ । गाजा भरी हालसम्म कति बालबालिकाको कुपोषणका कारण मृत्यु भएको छ भन्ने यकिन तथ्याङ्क आउन बाँकी रहेको राष्ट्र सङ्घले बताएको छ ।