लागूऔषध विरुद्ध विद्यार्थीलाई सचेतना

पछिल्लो समय युवा पुस्ता कुलतमा फँस्दै गएपछि विद्यार्थी तह देखिनै सचेतनामूलक कार्यक्रम आयोजना गर्न थालिएको छ । कोहलपुर नगरपालिका वडा नं. १ ले श्री कृष्ण मा.वि. र श्री जन ज्ञानज्योति मा.वि. कौशिलानगरमा विद्यार्थीका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरको सहकार्यमा भएको ‘लागू औषध दुव्र्यसनी मानव जीवनको नरसंहार, समुन्नत समाज र समृद्ध राष्ट्रको लागि सबै मिली गरौँ बहिष्कार’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा लागुऔषधको कुलत, त्यसबाट सामाजिक, आर्थिक रूपमा पर्ने नकारात्मक प्रभावबारे विद्यार्थीलाई जानकारी दिइएको थियो ।
कोहलपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसीको अध्यक्षतामा दुई दिनसम्म सञ्चालन भएको कार्यक्रमको पहिलो दिन कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य र दोस्रो दिन कोहलपुर नगरपालिका उप–प्रमुख संगिता सुवेदी प्रमुख अतिथि रहेका थिए ।
लागुऔषध विरुद्धको कार्यक्रममा प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारी र समाज सेवा संस्थाका केन्द्रीय अध्यक्ष विनोद थापाले सहजीकरण गरेका थिए । दुवै विद्यालयमा गरी ५ सय ५० विद्यार्थी सचेतनामूलक कार्यक्रममा सहभागी थिए ।

Exit mobile version