महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याएका छन् ।
यसअघि स्वतन्त्र विद्यार्थी यूनियनले विद्यार्थीहरुको तर्फबाट बुझाएको मागमा सुनुवाई नभएको भन्दै क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याएका हुन् ।
स्ववियु सभापति माधव खत्रीले आफ्ना मागहरु पूरा नहुँदासम्म क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्डाइरहने चेतावनी दिएका छन् ।
यसअघि स्वतन्त्र विद्यार्थी यूनियन महेन्द्र बहुमुखी क्याम्पसले क्याम्पस प्रशासन समक्ष विभिन्न १५ बुंदे माग राखेको थियो ।
स्ववियु मब क्याम्पस अध्यक्ष माधव खत्रीले यसअघि लिखित रुपमा १५ बुंदे माग बुझाएको बताए ।