जमुनाहदेखि भन्सार गेट अगाडि रात्रिकालीन आवागमन सुचारु

नेपालगन्जस्थित जमुनाहदेखि भन्सार कार्यालयसम्मको करिब ढेड किलोमिटर क्षेत्रमा रात्रिकालीन आवागमन सहज बनाइएको छ । भन्सारदेखि जमुनाहसम्म राति १० बजेसम्म मात्रै आवागमन हुँदै आएको थियो । जसले गर्दा यस क्षेत्रका बासिन्दालाई रातिको समयमा नेपालगन्ज आवतजावतमा समस्या हुँदै आएको थियो ।

आफ्नै देशमा पनि राति हिँड्डुल गर्न समस्या भएको भन्दै स्थानीयले गुनासो गरेपछि रातिको अवरोध हटाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

Exit mobile version