नेकपा (एमाले) ले वैशाख ८ र ९ गते बस्ने गरी महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको २९ औं सचिवालय बैठकले पार्टी स्थापना दिवसको पूर्वसन्ध्यामा महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको हो ।
एमालेमा करिब २२ सय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य छन् । एमालेले वैशाख १० गते ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा ७५ औं पार्टी स्थापना दिवस मनाउने निर्णय केन्द्रीय कमिटीको बैठकबाट गरेको थियो ।