झण्डै ६ हजार महिला अधिकार हनन्बाट पीडित

आज आठ मार्च, अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । आजको दिन महिला अधिकारका सम्बन्धमा विभिन्न बहस, अन्तरक्रिया, र्यालीहरू हुने गरेका छन् । यस बर्ष लैगिंक समानतालाई प्रेरित गरौं भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाउन लागिएको हो ।

कुनै न कुनै कारणले महिलामाथि हिंसा भैरहेका हुन्छन् । महिला हिंसाको तथ्यांक नेपालमा चिन्ताजनक रहेको छ । सन् २०२३ मा नेपालमा विभिन्न खालका महिला हिंसाका घटनामा ५ हजार ९ सय ३ महिला पीडित भएको इन्सेकले अभिलेखिकरण गरेको छ । महिला माथि हुने हिंसाका घटनामा सबैभन्दा बढी घरेलु हिंसाका रहने गरेका छन् । सन् २०२३ मा घरेलु हिंसाका घटनाबाट मात्रै ४ हजार ९ सय ६३ महिला पीडित भएका छन् ।

बेचबिखन तथा ओसारपोसार, घरेलु हिंसा, बोक्सीको आरोप, प्रसुति सेवा, बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहार, बेचबिखन तथा ओसारपोसार, दाइजो महिला माथि हुने हिंसाका घटना हुन् ।

सन् २०२३ मा बाँकेमा महिला अधिकार हनन्का ६९ वटा घटना मानवअधिकारवादी संस्था इन्सेकले आफ्नो बर्षपुस्तकमा अभिलेखिकरण गरेको छ । जिल्लामा बेचबिखन तथा ओसारपोसार प्रयासका ५, घरेलु हिंसाका
४१, बोक्सीको आरोपको १, बलात्कारका १८, बलात्कार प्रयास, यौन दुव्यर्वहारको १÷१ तथा बेचबिखन तथा ओसारपोसारको ३ वटा घटना इन्सेकले अभिलेखिकरण गरेको छ ।

Exit mobile version