आज गुञ्जिदै झुमा लिम्बु र कुटुम्ब

नेपालगन्जमा आज झुमा लिम्बु र रैथाने कुटुम्बका संगीतले पारखीहरुका लागि भरपुर मनोरञ्जन दिंदैछ ।

म्युजिक फर हारमोनी भन्ने नाराका साथ अन्तरालले नेपालगन्जमा आयोजना गरेको नेपाल कल्चर फेष्टिबलको आज तेस्रो दिन नेपालगन्ज रंगशालामा झुमा लिम्बुका गीत र कुटुम्बका संगीत एकै ठाउँमा गुञ्जिने भएका हुन् ।

‘यो एक हिसाबले अन्तर्राष्ट्रिय प्लेट फर्म हो’, शुक्रबार नेपालगन्ज आइपुगेकी गायिका लिम्बुले कुटुम्बको सांगीतिक टिम सँगै उभिएर प्रक्रिया दिंदै दैनिक नेपालगन्जसँग भनिन्, ‘पहिलो पटक हामी एउटै मञ्चमा प्रस्तुति दिंदैछौं ।’

लिम्बुको प्रतिक्रिया सुनिरहेका आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले एक दशकपछि कुटुम्ब नेपालगन्ज आएको र झुमा लिम्बुको गीतसँगै देशभरीका लोकभाका एउटै मञ्चमा राखेर ‘राष्ट्र जोड्ने अभियान’ सुरु गरिएको बताए ।

बिहीबार औपचारिक रुपमा सुरु गरिएको फेष्टिबलको आज प्रमुख प्रस्तुतिका रुपमा अपरान्ह पाँच बजेदेखि नेपालगन्ज रंगशालामा देश, विदेशका गायक कलाकारहरुको प्रस्तुति राखिएको अन्तरालका प्रमुख शाहले बताए ।

‘भोलि आइतबार मेनुका पौडेलको लाइभ कन्र्सट हुनेछ’, शाहले चार दिने आफ्नो सांगीतिक अभियान बारे जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, ‘नयाँ पुस्तालाई आफ्नो परम्परागत लोकभाका, संगीत बारे जानकारी दिने हाम्रो अभियान नेपालगन्जबाट सुरु भएको छ ।’

Exit mobile version