विप्लवले जुम्लामा सुरु गरे स्याउ खेतीको थालनी

तराईमा धान खेती गरिरहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले जुम्लाको चन्दननाथ २ हाडुल्लेमा शुक्रवार देखि स्याउ रोपणको कार्यक्रमको थालनी गरेका छन ।
स्याउ रोपणको उद्घाटनसंगै सहभागीहरुलाई सम्बोधन गर्दै महासचिव विप्लवले ३ बर्ष भित्र पार्टीलाई आत्मनिर्भर पार्टी बनाउदै चन्दामुक्त पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
महासचिव विप्लवले भने ‘क्रान्ति गर्नु मात्र ठुलो कुरा होईन, हामीले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसंग जोड्न सकेनौ, आज क्रान्तिप्रति वितृष्ण छ,विचलनता देखिएको छ, यसलार्ई चिर्न नेकपाले नवौं महाधिवेशनबाट आत्मनिर्भर अर्थतन्त्रको नीति आगाडि बढाएको छ ।’
नेकपा तराईमा धान,तोरी तरकारी,पहाडमा फलफुल,र हिमालमा फलफुल तथा जडिवुटी उत्पादन अभियानमा रहेको नेकपाका केन्द्रीय प्रचार विभागका सदस्य प्रकाश डुम्रेले बताए ।
कार्यक्रममा सिजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले विप्लवले जुम्लामा स्याउ लगाउने योजना बनाएर आत्मनिर्भर अर्थतन्त्रको कुरा उठाउनु सकरात्मक भएको भन्दै यो नेकपाको योजना मात्र नभएर हामी सबैको योजना भएको बताए ।

Exit mobile version