कर्णालीमा रासायनिक विषादीमुक्त अभियान सुरु

कर्णाली प्रदेश सरकारले रासायनिक विषादीमुक्त सप्ताह शुरु गरेको छ । विषादीको प्रयोग बढ्दै गएको भन्दै त्यसलाई घटाउन एक हप्तासम्म विषादीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै सप्ताह शुरु गरेको हो ।
सप्ताहको शुरुवात गर्दै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले वातावरणलाई स्वच्छ राख्नुपर्ने उल्लेख गर्दै प्रदेश सरकार योजना बनाएर कार्यान्वयन गर्न अग्रसर भएको बताए ।

Exit mobile version